Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआइडीसी गाभ्न राष्ट्रिय वाणिज्य बैंकलाई मन्त्रिपरिषदले दियो स्वीकृति

२०७३ माघ १४ गते

सरकारले अन्ततः एनआइडीसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने भएको छ । एनआइडीसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्न अर्थमन्त्रालयले गरेको प्रस्तावलाई शुक्रबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो । सरकारले एनआइडीसीलाई स्तरोन्नति गरी २० अर्ब चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंकको रुपमा परिणत गर्ने घोषणा गरेपनि आफ्नै निर्णय उल्ट्याउँदै राष्ट्रिय वाणिज्य बैंकमा गाभ्न लागेको हो । आर्थिक वर्ष २०७०।७१ को बजेटमार्फत तत्कालीन सरकारे एनआईडीसीको स्तरोन्नति गरी पूर्वाधार विकास बैंक बनाउने घोषणा गरेको थियो । चालू आर्थि वर्षको मौद्रिक नीतिमा पनि २० अर्ब चुक्ता पुँजीमा स्वदेशी वा संयुक्त लगानीमा पूर्वाधार विकास बैंकको अनुमति दिन नीतिगत व्यवस्था गर्ने घोषणा गरिएको थियो । तर सो निर्णयलाई उल्ट्याउँदै प्रचण्ड नेतृत्वको सरकारले एनआइडीसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्न लागेको हो ।