Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुले बढीमा १२ प्रतिशत ब्याज दिने

२०७३ माघ १४ गते

बाणिज्य बैंकहरुले बढीमा १२ प्रतिशत मात्र व्याज दिने भएका छन् । पछिल्लो समय तरलता अभाव भएको भन्दै धमाधम बैंकहरुले निक्षेप संकलनमा आकर्षण बढाउन ब्याजदर १३ प्रतिशत सम्म पुर्याएका हुन् । बैंकहरुले धमाधम ब्याजदर बढाए पछि बैकर्सहरुको छाता संगठन बैंकर्स एसोसिसनको बैठक वसी अधिकतम १२ प्रतिशत भन्दा बढी ब्याज नदिने सहमति गरेका हुन् । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपमा ब्याजदर धमाधम बढाउन थालेका हुन् । लगानीयोग्य पुँजी (तरलता) अभाव भए पछि बैंकहरुले बचतमा आकर्षण गराउन ब्याजदर बढाउन थालेका हुन् । बैंकमा पूँजीको अभाव भएपछि एनआईसी एसिया बैंकले १२ प्रतिशत ब्याज दिने बचत योजना सार्वजनिक गरेको छ । दुई साताअघि निक्षेप संकलनमा होडबाजी गरेका बैंकहरुले पछिल्लो समय मुद्दती खातामै १२ प्रतिशतसम्म ब्याज दिन थालिसकेका छन् । अघिल्लो साता सिभिल बैंकले ११।१ प्रतिशत ब्याजमा १११ दिने मुद्दती बचत माग गरेको थियो । एनआइसी एशिया बैंकले एक वर्ष मुद्दती खातामा १२ प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेको हो । त्यस्तै एनसीसी बैंकले पनि  ४ महिना अवधिको लागि १२ प्रतिशत ब्याजदरको मुद्दती योजना सार्वजनिक गरेको छ । आकर्षक ब्याजदर दिए पछि निक्षेपमा आकर्षण हुने भन्दै न्युनतम् १ लाख जम्मा गर्दा १२ प्रतिशत ब्याज दिने योजना एनसीसी बैंकले सार्वजनिक गरेको हो । त्यस्तै सानिमा बैंकले पनि न्युनतम ६ महिना देखी २ बर्ष सम्मको मुद्दती निक्षेपमा ब्याजदर बढाएर ११।५ प्रतिशत बनाएको छ ।