Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तले १८ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने

२०७३ पुष २६ गते

लघुवित्तहरुले १८ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने भएका छन् । राष्ट्र बैंकले आज अर्थात मंगलबार परिपत्र जारी गर्दै १८ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने नियम बनाएको हो । यस लघुवित्तहरुले अधिकतम् २५ प्रतिशत सम्म सेवा ग्राहीबाट व्याज लिदै आएका छन् । आर्थिक बर्ष २०७३÷७४ को मौद्रिक नीतिमा नै स्प्रिड रेड दर ७ प्रतिशत हुनु पर्ने व्यवस्था भए अनुसार राष्ट्र बैंकले कार्यविधि बनाएको हो । परिपत्र जारी गर्दै राष्ट्र बैंकले कम्पनीले कोषको लागत समेत राखेर स्प्रिड रेट ७ प्रतिशत भित्र राख्नु पर्ने निर्देशन दिएको छ । स्प्रेड दरमा कोषको लागत गणना गरिएपनि व्याजदर भने १८ प्रतिशतभन्दा बढ्न नहुने स्पष्ट पारेको छ । परिपत्रमा निर्देशन पालन नगर्नेलाई बैंकले कारवाही गरिने पनि उल्लेख गरिएको छ ।