
बैंकिङ खबर / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १५औं बार्षिकोत्सव २०८२ फाल्गुण २५ गते संस्थाको कर्पोरेट कर्यालय, महालक्ष्मी-४, वोचुहाईट, ललितिपुरमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न, उक्त कार्यक्रममा संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत, प्रहरी प्रभाग इमाडोल, ललितपुरका प्रहरी प्रतिनिधीहरु, संस्थाका उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, कर्पोरेट कार्यालय, शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु एवम् स्थानियहरुको उपस्थिति रहेको थियो।
संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले स्वागत मन्तब्य सहित कार्यक्रम वारे जानकारी गराउनू भएको थियो। संस्थाका प्रमुख कार्यकारी अधिकृतद्धारा उदघाटन गरिएको उक्त कार्यक्रममा दिर्घ सेवा गरेका कर्मचारीहरुलाई विशेष धन्यवाद दिंदै, संस्थाले अति विपन्न वर्गलाई सेवा दिएर उनिहरुलाई आत्मनिर्भर बनाई देशको अर्थतन्त्रमा ठूलो भुमिका खेलेको जानकारी गराउनु भएको थियो। उक्त कार्यक्रममा संस्थामा निरन्तर १० वर्ष सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा प्रहरी प्रभाग इमाडोल, ललितपुरलाई आवश्यक स्टेशनरी सामाग्री हस्तान्तरण सहित मायाको चिनो प्रदान गरिएको थियो। उक्त कार्यक्रमको सहजीकरण संस्थाका कर्मचारी लक्ष्मी अर्यालले गर्नु भएको थियो। संस्थाले हाल ७ वटै प्रदेशका ५५ जिल्लाहरुमा १६७ शाखा कार्यालय मार्फत करिब १ लाख ९५ हजार ग्राहक सदस्यहरुलाई वित्तीय सेवा दिंदै आईरहेको छ।


