Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

शेयर बजार सामान्य अंकले घट्यो, नेप्से २,५९४.२७ बिन्दुमा

२०८३ भाद्र ९ गते

बैंकिङ खबर /  मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३० अंकले घटेर २,५९४.२७ बिन्दुमा झरेको हो ।

आजको कारोबारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ । यस्तै, १२ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । दिनभरमा कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।बजार सामान्य अंकले घट्दा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको शेयर मूल्य १०.०७ प्रतिशतले घटेको छ ।

त्यस्तै, एनआईसी एशिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ५.४३ प्रतिशत, ७ प्रतिशत नबिल डिबेन्चर २०८९ का लगानीकर्ताले ५.०७ प्रतिशत र सिटिजन्स सन्तुलित योजनाका लगानीकर्ताले ४.८८ प्रतिशत गुमाएका छन् ।

उन्नति सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पनि ४.२३ प्रतिशतले घटेको छ । मंगलबारको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएपछि समग्र बजार परिसूचक सामान्य अंकले ओरालो लागेको हो ।