Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

नेपाल राष्ट्र बैंकले ३४ जना कर्मचारी करार सेवामा नियुक्त गर्ने भएको छ

२०८३ भाद्र ९ गते

बैंकिङ खबर / राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले विभिन्न ६ पदमा कर्मचारी माग गर्दै अनलाइन दरखास्त आह्वान गरेको हो। बैंकले रक्षक १ जना, सिपाही ४ जना, सवारी चालक ७ जना, सवारी चालक ३ जना, डिस्पेन्सरी २ जना र कार्यालय सहयोगी १७ जना गरी कुल ३४ जना कर्मचारी माग गरेको छ ।

पदअनुसार शैक्षिक योग्यता फरक फरक तोकिएको छ। रक्षकका लागि एसईई वा सो सरह उत्तीर्ण, सिपाही तथा सवारी चालकका लागि कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ। डिस्पेन्सरी पदका लागि स्टाफ नर्स वा डिप्लोमा फार्मेसी उत्तीर्ण हुनुपर्ने व्यवस्था छ भने कार्यालय सहयोगीका लागि कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ ।

इच्छुक नेपाली नागरिकले २०८३ भदौ ९ गतेदेखि भदौ २३ गतेसम्म राष्ट्र बैंकको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि ८०० रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ। दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ।पदअनुसार लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामार्फत उम्मेदवार छनोट गरिनेछ। स्वीकृत उम्मेदवारको संख्या २० वा सोभन्दा कम भएमा सम्बन्धित पदमा परीक्षा प्रक्रिया छोट्याएर प्रयोगात्मक वा लिखित परीक्षा नलिई अन्तर्वार्ताबाट मात्र छनोट गर्न सकिने व्यवस्था गरिएको छ ।

छनोट भएका कर्मचारीसँग ६ महिनाका लागि करार सम्झौता गरिनेछ। पारिश्रमिक तथा अन्य सुविधा बैंकको नियमानुसार उपलब्ध हुने र आवश्यकता अनुसार कर्मचारीलाई राष्ट्र बैंकको केन्द्रीय तथा प्रदेशस्थित कार्यालयमा खटाउन सकिने बैंकले जनाएको छ ।