Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Old Post dont touch बैंकिङ सूचना

नबिल बैंकको डेपुटी सीईओमा गणेशप्रसाद अवस्थी नियुक्त

२०८३ भाद्र ९ गते

बैंकिङ खबर / नबिल बैंक लिमिटेडले गणेशप्रसाद अवस्थीलाई डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले अवस्थीलाई डेपुटी सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा करिब साढे दुई दशकको अनुभव रहेका अवस्थी लामो समयदेखि नबिल बैंकमै कार्यरत छन्। उनले बैंकभित्र विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै बैंकको व्यवसाय, व्यवस्थापन तथा संस्थागत कार्यसम्पादनमा योगदान दिँदै आएका छन् ।

नबिल बैंकमा लामो समयदेखि काम गरेका अवस्थीको बैंकिङ क्षेत्रमा विभिन्न तहमा काम गरेको अनुभव रहेको छ। बैंकको आन्तरिक कार्यप्रणाली, व्यवसायिक गतिविधि तथा व्यवस्थापन पक्षमा समेत उनको अनुभवलाई महत्वपूर्ण मानिएको छ।डेपुटी सीईओको नयाँ जिम्मेवारीसँगै अवस्थी बैंकको उच्च व्यवस्थापन तहमा थप महत्वपूर्ण भूमिकामा रहनेछन्। उनको नियुक्तिलाई बैंकको नेतृत्व संरचनालाई थप मजबुत बनाउने कदमका रूपमा समेत हेरिएको छ ।

अवस्थीको नियुक्तिसँगै नबिल बैंकको व्यवस्थापन तहमा अनुभवी बैंकिङ जनशक्तिको नेतृत्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। बैंकले पछिल्लो समय व्यवसाय विस्तार, ग्राहक सेवा तथा प्रतिस्पर्धात्मक बैंकिङ सेवामा जोड दिँदै आएको अवस्थामा उनको अनुभवले बैंकको आगामी व्यावसायिक यात्रामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।