Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकले प्रस्ताव गर्यो २१ प्रतिशत बोनस सेयर

२०७३ पुष २० गते
सेयर:

कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव, नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गर्न बाँकी छ । 

कुमारीले हाल कायम चुक्तापुँजीको २१ प्रतिशतले हुन आउने ५६ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हाल कायम चुक्तापुँजीबाटै बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद निष्काशन समेत गर्दैछ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर र बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यसबाहेक कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई खरिद गर्ने सम्झौता गरिसकेको छ । काष्ठमाण्डपको चुक्ता पूँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने महाकालीको चुक्ता पूँजी १२ करोड ७२ लाख रुपैयाँ रहको छ । त्यस्तै पश्चिामाञ्चलको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ  भने काक्रेविहारको चुक्तापुँजी ६ करोड रुपैयाँ रहेको छ । यी संस्थालाई एक्वाएर गरेपछि कुमारीको पुँजी छ अर्ब रुपैयाँ पुग्नेछ ।