Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सहकारी पीडीतको रकम फिर्ता गर्न सरकारले थप २५ करोड जम्मा गर्ने !

२०८३ जेष्ठ ५ गते
सेयर:

बैंकिङ खबर / समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्न सरकारले थप २५ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले चक्रीय कोषमा चालु आर्थिक वर्षको बजेटबाटै २५ करोड रुपैयाँ थप विनियोजन गरेको हो । यो सहित सरकारले कोषमा ५० करोड योगदान दिने छ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्न चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, ०८३ बनाइ लागु गरिरहेको छ । विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताको ३६ नम्बर बुँदामा सहकारी क्षेत्रका समस्या समाधान गर्ने विषयमा उल्लेख गरिएको छ । सहकारी क्षेत्रको समस्याको विषयमा मंगलबार राष्ट्रियसभामा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पीडित बचतकर्ताको समस्या दीर्घकालीन रुपमै समाधान गरिने उल्लेख गरेका छन् । यसअघि नै सोमबारदेखि सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ ।