बैंकिङ खबर / झापा दमक नगरपालिका ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय एक बैंकरले बैंकका हाकीमहरुलाई औला ठडाएर आत्महत्या गरेका छन् । उनी हुन् ग्लोवल आइएमई बैंकका पिताम्बर खड्का । ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत खड्काले आत्महत्या गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा चार जनाको सामूहिक तस्वीर सार्वजनिक गरेका छन् । प्रहरीका अनुसार खड्काले दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको फोटो फेसबुकमा पोस्ट गर्दै आफू उनीहरूकै कारण आत्मघाती कदम चाल्न बाध्य भएको धारणा उनले फेसबुकमा लेखेका छन् । फेसबुकमा उक्त स्टाटस राखेको केही समयपछि उनले आफ्नै घरको भुइँतलाको सिलिङ फ्यानमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहालका अनुसार शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। प्रहरीले घटनाको वास्तविक कारण र सामाजिक सञ्जालमा गरिएको पोस्टबारे थप अनुसन्धान गरीरहेको छ ।
