Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

दुई दर्जन कम्पनीले पाए आइपीओ जारी गर्ने अनुमति

२०८३ जेष्ठ ४ गते
सेयर:

बजारमा दुइदर्जन कम्पनीले आइपीओको लागि स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले २४ कम्पनीलाई साधारण शेयर अर्थात आईपीओ बिक्रीका लागि अनुमतिदिएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीले साधारण शेयर बिक्री गर्ने छन् । यी सबैको मूल्य नौ अर्ब ११ करोड ८७ लाख ९४ हजार रहेको छ । बोर्डले कुल नौ करोड ११ लाख ८७ हजार ९ सय ४६ कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । अनुमति प्राप्त गरेका कूल कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजना छन् भने सात वटा उत्पादन तथा प्रशोधन कम्पनी छन् । बोर्डमा कुल ९८ वटा कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका थिए ।