बैंकिङ खबर / नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा प्रियराज रेग्मीले एशोशीयटतर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनको दुइ कार्यकाल अध्यक्ष भएर नेतृत्व गरीसकेका उनी पुँजीबजार क्षेत्र विस्तारका अगुवा मानिन्छन् । महासंघ भित्र रहेर देशको अर्थतन्त्र सुधार, पुँजीबजार विस्तार र व्यवसायी मैत्री नीति निर्माणका लागि आफुले उम्मेदारी दिएको उनले बताएका छन् ।
प्रियराज रेग्मीको व्यक्तित्व : पूँजीबजारको विकास र उद्यमशीलतामा समर्पित
प्रियराज रेग्मी नेपालको पँुजी बजार क्षेत्रमा एक प्रभावशाली र दुुरदर्शी युवा उद्यमी मानिन्छन् । युवा लगानीकर्ताहरुका लागि अभिप्रेरक पात्रका रुपमा चिनिने उनी आर्थिक बृद्धिका प्रेरक मानिन्छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनी आफ्नो अनुुभवलाई देशको समुन्नत अर्थतन्त्र बनाउन लागि परेका छन् ।
वित्तीय क्षेत्रमा महत्वपूूर्ण भूूमिका निर्वाह गरीरहेका उनले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षका रुपमा दुई कार्यकाल सफतापूर्वक सम्हालीसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार फोरमको सदस्य भएर पनि उनले काम गरीसकेका छन् । बैंकिड क्षेत्रमा साविक इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको संचालक तथा कसमस सहकारीको अध्यक्षका रुपमा सफल नेतृत्व गरेका उनलाई धेरैले ऊर्जाशील र दूरदर्शी उद्यमीका रूपमा चिन्ने गर्दछन् । क्रिस्टल कञ्चनजङ्का सेक्युरिटीजको अध्यक्ष समेत रहेर नेपालको पुँजीबजारमा स्थापीत भएका रेग्मीले चिरायु होल्डिङस्, खुश्बु इन्भेष्टमेन्ट तथा शुभलक्ष्मी हाइड्रो इन्भेष्टमेन्ट लगायतका कम्पनीहरू मार्फत लगानी विस्तार र विविधिकरण गरिरहेका छन् । इम्पेरियल पावर र पञ्चकोट हाइड्रो पावर जस्ता महत्वपूर्ण जलविद्युत परियोजनाहरूमा समेत उनले अगुवाई गरीरहेका छन् । उनको सक्रियताले नेपालको पूर्वाधार विकास तथा जलविद्युत उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
आजको बदलिँदो व्यवसायिक दुनियाँमा नीजि क्षेत्रलाई व्यबस्थीत र मर्यादीत बनाउँदै युवा पुस्तामा नयाँ आयामको खोजि गर्नका लागि पनि प्रियराज रेग्मीको उपस्थिति नेपाल उद्योग वाणिज्य महासंघका लागि महत्वपूर्ण मानिएको छ ।



