Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

धितोपत्र बोड अध्यक्षका लागि चारजना सिफारीस

२०८३ जेष्ठ ५ गते
सेयर:

बैंकिङ खबर /  नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चारजनाको नाम सिफारीस भएको छ । नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार गरेको हो । आवेदक ४७ जनामध्येबाट ४ जना छनोटमा गरिएकाहरुमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट रहेका छन् । ४ जनामध्येका भट्ट र क्षेत्री राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । अधिकारी धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् भने  आचार्य बोर्डका बहालवाला कार्यकारी निर्देशक हुन् ।यी चार जनालाई समितिले जेठ ८ गते छुट्टाछुट्टै छलफलमा बोलाएको छ । समितिले यी ४ मध्येबाट ३ जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने र त्यसपछि मन्त्रीपरिषदको बैठकले एकजनालाई अध्यक्षमा नियुक्त गर्ने छ ।