Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१४०७.५३ अंकमा झर्यो सेयर बजार, एनबि इन्स्योरेन्सका सेयरधनीले कमाए

२०७३ पुष १२ गते
सेयर:

मंगलबार पनि सेयर बजार घटेरै बन्द भएको छ । सोमबार ४२.८४ अंकले घटेको बजार मंगलबार २५.०४ अंकले घटेर १४०७.५३ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १९१.६३ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः २४.१४, १७.९४, २१.८३, ३०.७२, १६.५७ र ३.४७ अंकले घटेका छन् । 

बजार घटेपनि कारोबार भने सोमबारको तुलनामा बढेको छ । सोमबार ४८ करोडको कारोबार भएको बजारमा मंगलबार साढे ५९ करोडको कारोबार भएको छ । दिनभरिमा १३० वटा कम्पनीको १० लाख ४१ हजार दुई सय २० कित्ता सेयर चार हजार आठ सय १८ पटक खरिदविक्री हुँदा कुल ५९ करोड ५३ लाख ७४ हजार तीन सय ८३ रुपैयाँ पुँजी परिचालन भएको छ । जसमध्ये, सिद्धार्थ बैंकको तीन करोड ३३ लाख ५४ हजार एक सय ९१, बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोड ५९ लाख ६० हजार, एभरेष्ट बैंकको दुई करोड ४५ लाख ७३ हजार, हिमालय जेनेरल इन्स्योरेन्सको दुई करोड १४ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको दुई करोड छ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, कैलाश विकास बैंक प्रोमोटरको एक करोड ९६ लाख, नेको इन्स्योरेन्सको एक करोड ९२ लाख, नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ८६ लाख, ज्योति विकास बैंक प्रोमोटरको एक करोड ५१ लाख र कुमारी बैंकको एक करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । 

एनबि इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ९.९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । यसबाहेक, राप्तीभेरी विकास बैंक, पोखरा फाइनान्स, माछापूछ्रे बैंक, कालिका माइक्रोक्रेडिट, वमी माइक्रोफाइनान्स, स्वाबलम्बन विकास बैंक, नागबेली लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंक, एनआईबिएल समृद्धि फण्ड, मेगा बैंक, अरुण भ्याली हाइड्रो, निर्धन उत्थान बैंक, ङादी ग्रुप पावर, जनउत्थान सामुदायिक लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र कैलाश विकास बैंक प्रोमोटरका सेयरधनीले ३.५१९१ प्रतिशतदेखि ०.२८०१ प्रतिशतसम्मका दरले कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको मञ्जुश्री फाइनान्सका सेयरधनीले ९.४९ प्रतिशतका दरले गुमाएका छन् भने प्रिमियर इन्स्योरेन्सका सेयरधनीले ९.३८ प्रतिशतका दरले गुमाएका छन् । प्रोग्रेसिभ फाइनान्स, नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सका सेयरधनीले ८ प्रतिशतभन्दा बढी तथा प्रडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र हिमालयन जेनेरल इन्स्योरेन्सका सेयरधनीले ७ प्रतिशतभन्दा बढीका दरले आफ्नो सम्पत्ति घटाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स, डिप्रोक्स डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले ६ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।