Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अटो-मार्केट

नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट

२०८१ चैत्र २९ गते

बैंकिङ खबर/इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ ।

“सुपर सेभ अफर“ नामक अफर अन्तर्गत ग्राहकहरूले सुनराका विभिन्न स्कुटर मोडेलहरूमा रु. ६० हजार सम्मको छुट पाउने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत के.५ मोडेल रु. १ लाख ६९ हजार ९०० मा,रोबो–ए रु. ३ लाख २० हजार ९०० र एचडब्युएके रु. २ लाख ३६ हजार ९०० मा उपलब्ध रहेको कम्पनीको भनाइ छ । साथै, प्रत्येक स्कुटरमा निःशुल्क बीमा, फ्री हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरेको छ ।