Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

८० प्रतिशत कर्जाको परिपत्र जारी गर्दा पनि सवारी साधन किन्नेहरु आएनन्

२०८२ मंसिर २ गते
सेयर:

बैंकिङ खबर/ जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा क्षति भएका सवारी तथा ढुवानीका साधन पुन आबश्यक परेर खरीद गर्नका लागि कर्जाको मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्नेगरी केन्द्रीय बैंकले केहीसमय अघि परिपत्र जारी गरेको थियो । हाल गाडि खरीद कर्जामा अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण दिन पाइने व्यवस्था छ । तथापि उक्त परिपत्रलाई आधार मानेर क्षति भएका सवारी साधन पुन खरीद गर्ने मागहरु खासै भएका छैनन् । क्षति भएका गाडिको संख्या तुलनामा २० प्रतिशत मात्रै माग गरिएको छ ।

मोटर गाडिको एकिन क्षेति विवरण कुनै संस्थाले उल्लेख गरेको छैन । तथापि बीमा दावी हेर्ने हो भने बिमातर्फ एक हजार सात सय ७८ वटा मोटर गाडिको बीमा दावी पेश गरिएको जनाइएको छ । तथापी ती गाडि खरीदका लागि कर्जा अनुपात धेरै भएपनि माग भने सो अनुरुप हुन सकेको छैन । गत भदौ २३ र २४ को घटनाक्रममा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन खरीदमा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने उल्लेख गरिए पनि सवारी साधन खरीद भएका छैनन् ।  जुन समयमा अधिकाँस आगजनिका ठाउँमा गाडिहरु तार्गेट बनेका थिए ।