Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा प्राधिकरणमा उजुरीको चाङ

२०८१ फाल्गुन २० गते

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणमा बीमितहरुले दाबी न्यायोचित नभएको भन्दै उजुरीको चाङ लाग्ने गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म १४१ वटा उजुरी परेका छन् ।

प्राधिकरणका अनुसार आव २०७५/०७६ मा १०० वटा उजुरी परेको थियो भने आव ०७६/०७७ मा १२६ वटा, आव ०७७/०७८ मा १३७, आव ०७८/०९७ मा १५५ र आव ७९/०८० मा १५५, आव २०८०/०८१ मा २४४ वटा उजुरी परेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

गत आर्थिक बर्षको अन्त्यसम्ममा परेका उजुरीमा त्यसको फैसला भएपछि २८७ वटा उजुरी बाँकी थिए । गत आवको २८७ सहित ४३० वटा उजुरी रहेका छन् । उक्त उजुरीमा ५९ वटाको फैसला तथा सहमति भएको छ । पुस मसान्तसम्म ३७१ वटा उजुरी बाँकी रहेका छन् ।

प्राधिकरणमा परेको र फछ्र्यौट नभएका उजुरीहरू आगामी वर्षहरुमा सर्दै जान्छ । विगत साढे ६ वर्षको तथ्यांक हेर्दा उजुरी बढ्नुका साथै फैसला भएर बाँकी हुने क्रम त्यही अनुसार छ ।

प्राधिकरणकाअनुसार चालु आवको ६ महिनामा ११० वटा उजुरी दायर भएकोमा ५३ वटा उजुरीमा निर्णय भएको छ । ६ वटामा सहमति भएको छ । ५७ वटामा आदेश भएको छ ।

प्राधिकरणले मध्यस्थता,समन्वय वा मेलमिलापबाट दुवै पक्षलाई समझदारीमा विवाद टुंगाउने प्रयास गर्दछ । प्राधिकरणको फैसला चित्त नबुझेमा बीमित तथा बीमा कम्पनीहरु उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म जान सक्ने व्यवस्था छ ।