
बैंकिङ खबर/ एक महिनामै जीवन बीमा कम्पनीहरूमा ‘पोलिसी सरेन्डर’१५ प्रतिशतले थपिएको छ । बीमा समर्पण जीवन बीमा योजनाअन्तर्गत बीमितले तोकिएको अवधि समाप्त नहुँदै बीमा पोलिसी बन्द गर्ने वा त्याग्ने प्रक्रिया हो।
आजीवन बीमा लेख खरिद गरी निर्धारित समयअगावै समर्पण गर्ने र तोकिएको समय प्रिमियम नतिर्ने बीमित बढ्दा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीबाट चालू वर्षको माघसम्म ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको २६ हजार ५ सय २३ वटा बिमालेख समर्पण भएको छ। बीमा प्राधिकरणको तथ्यांकअनुसार गत पुसको तुलनामा बीमालेख समर्पण संख्या १४.९० प्रतिशत र बीमालेख समर्पण रकम १५.०५ प्रतिशतले थप भएको हो ।
२०८१ पुससम्म ७ अर्ब ४६ कारोड ६६ लाख रुपैयाँ बराबरका ५४ हजार ४ सय १४ जीवन बिमालेख समर्पण भएका थिए । माघमा आइपुग्दा १ अर्ब १२ करोड ३५ लाख रुपैयाँ बराबरको ८ हजार १ सय ९ वटा बिमालेख थप समर्पण भएको छ ।
चालू वर्षको माघमा सबैभन्दा बढी बिमालेख समर्पण लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी)को भएको छ भने सबैभन्दा कम सन् नेपाल लाइफ इन्स्योरेन्सको भएको छ।
एलआईसीको माघमा २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बराबरको १५ हजार ३ सय ६२ वटा बिमालेख समर्पण भएको छ। उक्त अवधिमा सन् नेपालबाट ४ करोड ५५ लाख रुपैयाँ बराबरको ४ सय ४२ वटा बिमालेख समर्पण भएको प्राधिकरणको तथ्यांक छ।
यस्तै दोस्रोमा नेपाल लाइफको २ अर्ब ३६ करोड २४ लाख बराबरको १४ हजार २५ वटा समर्पण भएको छ। चालू वर्षको माघसम्म सञ्चालनमा रहेका जीवन बिमा कम्पनीमध्ये एनआईसी र नेपाल लाइफ इन्स्योरेन्सबाहेक १० वटा कम्पनीमा १० करोड रुपैयाँमाथि ७९ करोड रुपैयाँ बराबरको बिमा पोलिसी समर्पण भएका छन् भने २ वटा कम्पनीको मात्रै ६ करोड तल बराबरको बिमालेख समर्पण भएको छ।




