Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

२०८१ फाल्गुन १८ गते

बैंकिङ खबर/ बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

२४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो । नागरिकतामा भएको जन्म मितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका भन्ने आरोपबाट पनि विशेष अदालतले सफाइ दिएको हो ।

उनीमाथि मुद्दा चलिरहेकै बेला सरकारले गत सातामात्र बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझालाई नियुक्त गरेको छ। अध्यक्षको पदावधि ४ वर्ष हुने भएकाले उनको ४ वर्षे कार्यकाल मुद्दाकै अवस्थामा माघमा सकिएकाले पुनर्वहाली नहुने बताइएको छ। १९ माघ २०७७ मा सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त भएका थिए।