
बैंकिङ खबर/ चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म बिमा कम्पनीहरुले ७ अर्ब बराबरको बीमा सरेन्डर भएको छ । कुल ८० अर्बबराबरको बीमालेख बिक्री गरेका कम्पनीहरुले ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँबराबरको बीमालेख सरेन्डर भएको तथ्यांक प्रस्तुत गरिसकेका छन्।
गत वर्षको तुलनामा चालू आवको पुसमा यस्तो सरेन्डर ५९०.७४ प्रतिशतले बढी देखिएको छ। गत वर्षको पुससम्म कुल १ अर्ब ८ करोडको मात्रै बीमालेख सरेण्डर भएका थिए। चालू आवमा बढेर ७ अर्ब माथि पुगेको छ।
बिमितले त्यागेको यो संख्या वास्तविक भने अझै होइन। यो बिमितले तीन किस्ता तिरेपछि त्यागेको बीमालेख बराबरको रकम मात्रै हो। प्राधिकरणका अनुसार तीन किस्ता नतिर्दै बीमालेख बीचमै त्याग्नेको संख्या झन् विकराल हुनसक्ने देखिन्छ। यद्यपि प्राधिकरणले तथ्यांक नराख्ने हुँदा कति बिमालेख सरेन्डर हुन पाउने अवस्थामा पुग्न नपाई छोडिए भन्ने विवरण देखिँदैन।



