Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बाध्यताको फाइदा उठाउँदै भारतीय सीमाका व्यापारी : ५ सय १ हजारको नोट साट्न कमिसन

२०७३ कार्तिक २६ गते

icभारत सरकारले पाँच सय र एक हजारका भारतीय रुपैयाँका नोट नचल्ने निर्णय गरेपछि सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका नागरिक समस्यामा परेका छन् । भारत सरकारको एक्कासि आएको निर्णयबाट यो क्षेत्रका व्यापारी एवम् सर्वसाधारण मारमा परेका हुन् । बैतडीको सीमा क्षेत्र झुलाघाटमा पनि व्यापारीले पाँचसय तथा हजार भारुका नोट साट्न नमानेको व्यापारी नारायणदत्त भट्टले जानकारी दिए । 

सीमा क्षेत्रसँग जोडिएका बजारमा पाँच सय र हजार भारुका नोट धेरै भएपनि ती नोट साट्न नेपाली नागरिकलाई समस्या भएको छ । भारत सरकारले बैंकमार्फत नोट साट्न सकिने जनाए पनि धेरैजसोको भारतीय बैंकमा खाता नहुँदा नोट साट्न समस्या भएको हो । व्यापारीले पनि नोट साट्नका लागि कमिसन माग्न थालेपछि नागरिक थप समस्यामा परेका छन् । 

यस्तै, तल्लोसोराडका गाविसमा अझै पनि भारतीय रुपैयाँको कारोबार हुने भएकाले त्यो क्षेत्रका नागरिकलाई झन् समस्या भएको कुलाउका तारा चन्दले बताए । साथै, भारतको दिल्लीमा रोजगारीपछि घर फर्केका श्रीकोटका प्रेम विष्ट पनि नोट नसाटिँदा समस्यामा परेका छन् । “पाँच सय र एक हजारका नोट मात्रै छन”, उनले भने, “नोट नचल्ने खबरले समस्या भएको छ ।”

भारत सरकारको एक्कासि आएको निर्णयबाट सीमा क्षेत्रका नेपाली नागरिकलाई समस्या भएको छ । यद्यपि नेपाल सरकारले भने पाँचसय र एक हजारका भारतीय नोटहरु नचल्ने निर्णय गरेपछि नेपालमा रहेका नोटहरुको व्यवस्थापनका लागि कूटनीतिक पहल थालेको बताइएको छ । रासस