
बैंकिङ खबर/ २ हजार रुपैयाँ भारुको नोटहरू बैंक फर्काउन अब तीन दिन मात्रै बाँकी रहेको छ। अझै पनि ७% अर्थात २५ हजार करोड रुपैयाँ मूल्यको नोट बैंकमा फर्किन बाँकी रहेको छ ।
भारतको केन्द्रीय बैंक आरबीआईले मे १९ मा सर्कुलर जारी गरी सेप्टेम्बर ३० सम्म २ हजार रुपैयाँका भारु नोट बैंकमा जम्मा गर्न अनुरोध गरेको थियो ।आरबीआईले २ हजारको नोटलाई बैंकहरूमा रूपान्तरण गर्न वा यसलाई खातामा पेश गर्न आग्रह गरेको छ । त्यसपछि यो नोटले कानूनी मान्यता पाउने बताएको छ ।
यो केवल मानिसहरूलाई प्रोत्साहित गर्नु हो जसले गर्दा मानिसहरुले बढी भन्दा बढी नोटहरु बैंकमा फर्काउछन् । अहिलेसम्म ३० खर्ब ५६ अर्ब रुपैयाँ बराबरको २ हजार रुपैयाँको नोट बैंकमा फर्केका छन् ।
सरकारले जारी गरेको निर्देशन अनुसार बैंकमा नोटहरू परिवर्तन गर्न कुनै पनि कागजात दिइ राख्नु नपर्ने केन्द्रीय बैंकले जनाएको छ । एकपटकमा २० हजार रुपैयाँसम्मको २ हजारको नोट परिवर्तन गर्न सकिनेछ । बैंक खाता छ भने जति पनि २ हजारको नोट खातामा जम्मा गर्न सकिने छ ।



