Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जनता बैंकले त्रिवेणी विकास बैंकलाई गाभ्ने

२०७३ कार्तिक १४ गते

janata bank 1जनता बैंक नेपालले त्रिबेणी विकास बैंकलाई गाभ्ने भएको छ । खरिद गर्नेसम्बन्धि सम्झौतापत्रमा शुक्रबार साँझ दुबै बैंकका अधिकारीबीच हस्ताक्षर भएको छ । मर्जर प्रक्रिया अघि बढाउनका लागि कात्तिक १८ गतेदेखि दुबै बैंकको कारोबार रोक्का गरिने भएको छ । यी दुई बैंकबीच स्वाप रेसियो एक बराबर एक रहने गरी सम्झौता भएको बताइएको छ ।

जनता बैंकले मंसिर १ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्दैछ । हकप्रद सेयर वितरणपछि बैंकको चुक्तापुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्नेछ । त्रिबेणीले पनि हाल कायम ८२ करोड चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ । उसले हकप्रद भन्दा पहिलेको चुक्ता पूँजीमा १९ प्रतिशत हाराहारीमा बोनस जारी गर्ने समेत जनाएको छ । यी दुई संस्था गाभिएर बन्ने बैंकको चुक्तापुँजी चार अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । 

राष्ट्र बैंकको निर्देशनअनुसार अबको आठ महिनाभित्र बैंकले थप तीन अर्ब १० करोड रुपैयाँ पुँजी जुटाउनुपर्ने हुन्छ । यसका लागि बैंकले अरु कम्पनीसँग मर्जरमा जाने विकल्प खुला राखेको छ ।