शुक्रबारदेखि तिहार सुरु भएको छ । काठमाडौँको व्यस्त बजार न्युरोड तिहारको समयमा झन् व्यस्त देखिन्छ । सुनको कारोबार हुने प्रमुख स्थल न्युरोडमा सयभन्दा बढीको संख्यामा रहेको सुन पसल बेहुलीझैँ सिँगारिएका छन् । अघिपछिको तुलनामा धेरै सुन कारोबार हुने यो समयमा सुन पसलेहरु आफ्नो पसललाई प्रतिष्पर्धात्मक रुपमा सिँगारेर ग्राकहलाई आकर्षिक गर्न उद्दत देखिन्छन् । यसैबीच, बैंकिङ खबर डट कमका नारदमुनि सिग्देलले न्यूरोडका सुन पसलहरुमा देखिएको तिहारको रौनकलाई केही तस्वीरमा कैद गर्ने प्रयास गरेका छन् :




