नेपाल धितोपत्र बोर्डले गैह्र आवासिय नेपाली संघ (एनआरएन) लाई धितोपत्रको दोस्रो बजारमा सहभागि गराउने तयारी थालेको छ । बोर्डले यस विषयमा अध्ययन गर्नका लागि नेपाल धितोपत्र बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा अलग्गै समिति गठन गरेको छ । समितिमा बोर्ड, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नेप्सेका पदाधिकारीहरु सदस्य रहने बोर्डद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त समितिमा एनआरएनको प्रतिनिधि समेत सहभागिता रहने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
समितिले एनआरएनको सहभागितावाट धितोपत्रको दोस्रो बजार हुँदै अर्थतन्त्रमा पर्ने प्रभाव समेतको अध्ययन गरी दुई महिना भित्र कार्यविधि तयार गर्नेछ । यसको कार्यान्वयन पश्चात धितोपत्रको दोस्रो वजारको दायरा फराकिलो हुने र नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने बोर्डको अपेक्षा छ ।


