Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आईसीएफसी फाइनान्सले यसरीे पुर्यायो ८० करोड चुक्ता पुँजी 

२०७३ कार्तिक १ गते

coinआईसीएफसी फाइनान्सले १७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार सम्पन्न १३ औँ साधारणसभाले प्रस्तावित उक्त बोनस सेयर पारित गरेको छ । हाल कम्पनीको चुक्तापुँजी ६८ करोड ५२ लाख ८५ हजार रुपैंया रहेको छ । उक्त बोनस वितरणपछि कम्पनीको पुँजी ८० करोड नाघ्नेछ । यससँगै राष्ट्र बैंकको निर्देशनअनुरुप ८० अर्ब पुँजी पुर्याउनेमा आईसीएफसी पहिलो फाइनान्स कम्पनी बनेको छ । 

कम्पनीको सञ्चालक समितिले १७ प्रतिशत बोनस तथा शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको थियो ।