उन्नति माइक्रोफाइनान्स लिमिटेडले एक लाख ३२ हजार कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका एक करोड ३२ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । चालू आर्थिक वर्षभित्रमा नै आईपीओ निष्काशन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।
अधिकृत पुँजी ८ करोड ८० लाख रहेको उन्नतिको चुक्ता पुँजी अहिले ३ करोड ८ लाख रुपैयाँ रहेको छ । उक्त आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ४ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।


