सेञ्चुरी बैंकले अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ । २०७३ माघ महिनाभित्र एकिकृत कारोबार गर्ने योजनाका साथ दुवै संस्थाका प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यसअघि नै इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई एक्वायर गर्न सम्झौता गरिसकेको सेञ्चुरीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै काभ्रेमा रहेको अरनिको डेभलपमेन्ट बैंकलाई खरिद गर्न लागेको जानकारी दिएको हो ।
हाल सेञ्चुरी बैंकसँग दुई अर्व ८४ करोड रुपैयाँको चुक्ता पुँजी छ भने बैंकले थप ८५ करोड रुपैयाँको हकप्रद शेयर जारी गरिसकेको छ । २५ करोड ७८ लाख रुपैयाँको चुक्ता पुँजी भएको अरनिको विकास बैंकले सेयरधनीलाई सय कित्ता सेयर हुने सेयरधनीलाई ३६ कित्ता हकप्रद सेयर वितरण गर्दैछ । ै इन्नोभेटिभ डेभलपमेन्ट बैंकको चुक्तापुँजी २९ करोड रुपैयाँ रहेको छ ।
सेञ्चुरी, अरनिको तथा इन्नोभेटिभले गत आर्थिक वर्षमा गरेको मुनाफा वितरण गरेपछि एक्वायर गर्ने हुँदा एकीकृत कारोवार गर्ने समयमा सेञ्चुरीको चुक्ता पुँजी पाँच अर्व रुपैयाँभन्दा माथि पुग्ने विज्ञप्तिमा उल्लेख छ । बैंकले एक्वीजीशन, हकप्रद तथा मुनाफा वितरणबाट नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने योजना रहेको समेत बताएको छ ।
ट्यागहरू: