Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

धितोपत्र बोर्डले माग्यो बरिष्ठ सहायकदेखि निर्देशकसम्म(विज्ञापनसहित)

२०७९ आश्विन २८ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न पदमा दरखास्त खुलेको छ। सेबोनमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाइएको हो। जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदमा २३ जनालाई जागिर खुलाइएको छ।

सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ। इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ।