Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकमा रोजगारीको अवसर : ७७ पदमा आवेदन खुला

admin २०८२ मंसिर १९ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले तृतीय श्रेणी अधिकृतदेखि द्वितीय श्रेणी सहायकसम्मका ७७ पदका लागि आवेदन खुला गरेको छ। बैंकले सहायक निर्देशक (अर्थशास्त्र) र (व्यवस्थापन) मा १/१ गरी, सहायक निर्देशकमा ३९, लेखारलेखा/परीक्षणमा १०, वाणिज्य कानूनमा ४ तथा सहायक (सहायक द्वितीय) मा २१ जना माग गरिएको जनाएको छ।

बैंकका अनुसार मंसिर १९ देखि अनलाइनमार्फत दरखास्त दिन मिल्नेछ। फारम भर्दा नागरिकता, न्यूनतम शैक्षिक योग्यता, सहायक पदका लागि लोक सेवा पूर्व-योग्यता प्रमाणपत्र, अन्य आवश्यक कागजात तथा हाल खिचिएको पासपोर्ट साइज फोटो अनिवार्य पेश गर्नुपर्नेछ।

उमेर सीमा सहायक निर्देशकका लागि पुस १० सम्म २१-३५ वर्ष र महिलाका लागि २१-४० वर्ष तोकिएको छ। सहायक पदका लागि उमेर सीमा १८-३५ वर्ष र महिलाका लागि १८-४० वर्ष तोकिएको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।