Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

छिमेक लघुवित्तमा रोजगारीको अवसरः यसरी दिनुहोस् आवेदन

admin २०८२ कार्तिक १८ गते
सेयर:

बैंकिङ खबर/ केन्द्रीय कार्यालय, मध्यवानेश्वर काठमाडौँमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ अधिकृत (अधिकृत सातौं तह) पदमा खुला प्रतियोगिताबाट कर्मचारी भर्ना गर्न दरखास्त आव्हान गरेको छ।

यस पदका लागि आवेदकले व्यवस्थापन संकायमा स्नातक उपाधि पूरा गरेका हुनुपर्नेछ र चार्टर्ड एकाउण्टेन्सी (CAP-II/IPCC Level) मा अर्ध-योग्य (Semi Qualified CA) प्रमाणपत्र भएको हुनुपर्नेछ। बैंक, वित्तीय संस्था वा अन्य संगठित संस्थामा कार्य अनुभव भएकालाई प्राथमिकता दिइनेछ।

उम्मेदवारको उमेर २१–३५ वर्षसम्म हुनु पर्नेछ। महिला उम्मेदवारका लागि अधिकतम उमेरमा ५ वर्षको अतिरिक्त छूट हुनेछ। दरखास्त फाराम छिमेक लघुवित्तको केन्द्रीय कार्यालय वा www.chhimekbank.org बाट डाउनलोड गरी आवश्यक कागजातसहित अनलाइन वा प्रत्यक्ष बुझाउन सकिनेछ।

दरखास्त दिन अन्तिम मिति २०८२/०८/१० रहेको छ। परीक्षा दस्तुर रु. ५००/- राखिएको छ। परीक्षा मिति, समय र स्थान वित्तीय संस्थाको वेबसाइटमार्फत जानकारी गराइनेछ।

छानिएका उम्मेदवारलाई ६ महिनाको परीक्षणकालीन नियुक्ति दिईनेछ र काम सन्तोषजनक भएमा स्थायी नियुक्ति प्रदान गरिनेछ। 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।