नेपाल राष्ट्र बैंकले दशैँका लागि आइतबारदेखि सर्वसाधारणका लागि नयाँ नोट उपलब्ध गराइरहेको छ । राष्ट्र बैंकले नोट साट्नका लागि दश वटा काउण्टरको व्यवस्था गरेको छ । तर, सर्वसाधारको भीड देख्दा यस्तो लाग्छ, ती दश काउन्टरहरु पर्याप्त छैनन् । प्रायः राजधानीबाहिर घर भएकाहरु पैसा साटेर घर जाने चटारोमा छन् । त्यसैले, उनीहरु दिन रात नभनी नोट साट्न लाइन लागेका भेटिन्छन् । विहान चार बजेदेखि नै देखिने उक्त भीड राती आठ बजेसम्म रहन्छ । राष्ट्र बैंक मुद्रा व्यवस्थान विभाग, थापाथलीमा नयाँ नोट साट्नेको भीड, हेर्नुस् तस्वीरमा




