नेपाल राष्ट्र बैङ्कले आइतबार (आज)देखि नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैङ्कको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ । यस वर्ष ५, १०, २०, ५० र १०० रुपैयाँका दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यसपटक राष्ट्र बैंकले प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराउनेछ ।
आइतबार सबेरैदेखि नयाँ नोट लिन राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली अगाडि सर्वसाधारणहरुको लाइन लागेको छ । विभागले सर्वसाधारणका लागि ९ वटा सटही काउन्टर राखेकोमा बिहान ६ बजेदेखि नै सबै काउन्टर सर्वसाधारको भीडले भरिएका छन् । हेर्नुस्, तस्वीरमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली अगाडि नोट साट्ने सर्वसाधारणको भीड :


