Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकले ग्रामीण भेगमा शाखा खोल्दा राष्ट्र बैंकको स्विकृति लिनु नपर्ने

admin २०७३ आश्विन ११ गते
सेयर:

nrbग्रामीण भेगमा शाखा खोल्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको अनुमति लिनुनपर्ने भएको छ । मंगलबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले गाविसमा शाखा खोल्नुपरे बैंकहरुले राष्ट्र बैंकको  पूर्व स्वीकृत नलिए पनि हुने ब्यवस्था गरेको हो । राष्ट्र बैंकले भनेको छ, काठमाडौं उपत्यका, महानगरपालिका वा उपमहानगर वा नगरपालिका केन्द्रवाहेकका स्थानमा शाखा खोल्न स्वीकृति लिनु पर्दैन । शाखा खोल्ने निर्णय गरेको सात दिनभित्र भने राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने बताइएको छ । त्यस्तै, राष्ट्र बैकले भुकम्पबाट अति प्रभावति काठमाडौं उपत्यका वाहेकका जिल्लाहरुमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरु यथास्थानमा रहन असुविधा भए त्यही जिल्लाको अन्य स्थानमा स्थानान्तरण गर्न पनि स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।