नेपाल धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई सर्वसाधारण लगानीकर्ताहरुले नयाँ हितग्राही खाता (डिम्याट) खोल्दा अनिवार्य रुपमा बैंक खाता राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । बोर्डले परिपत्र जारी गर्दै हितग्राही खातासँगै बैंक खाता राख्ने व्यवस्था मिलाई यसअघि हितग्राही खाता खोलिसकेका लगानीकर्ताहरुको पनि बैंक खाता अद्यावद्यिक गर्न निर्देशन दिएको हो ।
सूचीकृत कम्पनीलाई निर्देशन
त्यस्तै, मर्जर प्रक्रिया सकिएर एकीकृत कारोबार सुरु भएलगत्तै सेयर कारोबार सुचारु गर्न नेप्सेमा सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ । साथै, संस्थाहरुको गाभिने रद्ध भएका कम्पनीहरुले पनि प्रक्रिया टुङ्गोमा नपुगेमा प्रक्रिया रद्ध भएको १५ दिन भित्रै कारोबार शुरु गर्नुपर्ने बोर्डले जनाएको छ ।
मर्चेन्ट बैंकरलाई निर्देशन
त्यस्तै संस्थाको प्राथमिक निष्काशन तथा नयाँ निष्काशनको क्रममा दरखास्त फारम लिन, दरखास्त फारम बुझाउन तथा रकम जम्मा गर्न संकलन केन्द्रको संख्या कम भई लगानीकर्ताहरुले अनावश्यक झन्झट बेहोर्नु परेको भन्दै बार्डले अर्थतन्त्र र जनसंख्याको चाप हेरी पर्याप्त मात्रामा केन्द्र राख्न पनि मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको छ । साथै प्रत्येक संकलन केन्द्रमा जेष्ठ नागरिक, अपाङ्ग तथा महिला लगानीकर्ताहरुको लागि सहज रुपमा अर्थात आवश्यक्तानुसार छुट्टै काउण्टररलाइनको व्यवस्था गरी फारम भर्न सक्ने व्यवस्था गर्नेरगराउन पनि बोर्डले निर्देशन दिएको छ ।




