२०७३ आश्विन ५ गते

बैंकिङ कसुरमा दोषी ठहरिए कमल ज्ञवाली : अदालतले सुनायो सजाय

kaml-gyawaliबैंकर कमल ज्ञवाली बैंकिङ कसुरको अभियोगमा दोषी ठहरिएका छन् । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहेका कमल ज्ञवालीलाई अदालतले चार बर्षको जेल सजाय र ६ करोड २५ लाख रुपैयाँ जरिवाना सुनाएको छ । ललितपुरको पाटनमा रहेको उच्च अदालतले ज्ञवाली, उनकी श्रीमती र अन्य ४ जनालाई बैकिङ कसुरमा कैद र जरिवाना फैसला गरेको हो ।

ज्ञवालीलाई अदालतले सिद्धार्थ डेभलपमेन्ट बैंकको कर्जा दुरुपयोग गरी बैंकिङ कसुर गरेको अभियोग लागेको थियो । अदालतले ज्ञवालीकी पत्नी गौरी खनाललाई ३ वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवाना गरेको छ । सोही मुद्धामा ऋणी किशोर ढकाललाई ४ वर्ष कैद र ५० लाख रुपैयाँ, धितो मूल्यांकनकर्ता कोमलानन्द अधिकारीलाई ४ वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिवाना भएको छ । मुद्धामा संलग्न अन्य प्रतिबादीहरु शेखर अर्याल, मधुसूदन सिलवाल, रमेशकुमार शर्मा, दीपेन्द्र कार्की र केपी शर्मालाई जनही २, २ वर्षका दरले कैद सजाय भएको छ ।

उक्त मुद्धामा प्रतिबादी बनाईएका मोतीराज ज्ञवाली, मदनबहादुर बस्नेत, अञ्जु पाण्डे पोख्रेल, गंगाबहादुर जीसी, विदुर ज्ञवाली, धु्रव कार्की र देवकी बस्ताकोटी ढकाल भने निर्दोष ठहर भएका छन् ।