Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दशैँको मुखमा आएर महँगियो सुन, तोलाको ५८ हजार तीन सयमा कारोबार

२०७३ आश्विन ३ गते

goldसोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावल सुन तोलाको ५८ हजार तीन सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको ५८ हजार एक सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५७ हजार आठ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । 

सुनसँगै चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले महँगो भएको छ । आइतबार प्रति तोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइ्रहेको महासंघले जनाएको छ ।