Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रधानमन्त्रीले भारतसंग ‘घोषित सहुलियत ऋण’को कुरा उठाउँदै

२०७३ भाद्र ३० गते

images-1प्रधानमन्त्री पुष्पकमल दाहाल बिहिबार भारतको राजकीय भ्रमणमा निस्केका छन् । त्यहाँ रहँदा उनले भारतीय समकक्षीसहित, भारतीय राष्ट्रपति तथा सरकारका बरिष्ठ मन्त्रिहरुसंग शिष्टाचार भेटवार्ता तथा विभिन्न द्धिपक्षीय सम्झौता हस्ताक्षर गर्नेछन् । भारत सरकारका तर्फबाट घोषणा भएको सहुलियतपूर्ण ऋणको पूर्वाधारका क्षेत्रमा उपयोग गर्नेबारेमा प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग कुराकानी गर्नेछन् ।

भारतसँगको नेपालको व्यापार घाटा कम गर्ने उपायहरूबारे छलफल गर्ने, गौरीफन्टा तथा दोधारा–चाँदनीबाट व्यापार तथा पारवहन मार्ग सञ्चालनको सम्भावनाबारे कुराकानी गर्ने, दुई मुलुकबीच सीमापार रेलवे स्थापना गर्ने सम्बन्धमा भइरहेका कामलाई चाँडो सम्पन्न गर्ने, सीमाक्षेत्रमा देखिएका डुबानसम्बन्धी समस्याको समाधानका लागि गहन छलफल गर्नेसमेत प्रधानमन्त्रीले बताएका छन् । योसंगै उनले विभिन्न जलविद्युत आयोजना, कृषि, पर्यटनलगायतका क्षेत्रमा गर्ने सहकार्यलगायतका विषयमा पनि भारतीय पक्षसंग कुराकानी गर्नेछन् । आफ्नो तीन दिने औपचारिक भ्रमण सकेर दाहाल असोज २ गते नेपाल फर्कने कार्यक्रम छ । 

Ad