Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नविल बैंकमा खुल्यो जागीर, हेर्नुस् विस्तृतमा

admin २०७३ भाद्र २९ गते
सेयर:

nabil bankनविल बैंकले सेक्युरिटी कन्सल्टेन्ट माग गरेको छ । बैंकले बैंकको सेक्युरिटी व्यवस्थापन पक्षको सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्ने नेपाली नागरिकको दरखास्त आह्वान गरेको हो । बैंकका अनुसार, यो पदमा रहेर काम गर्न चाहनेले बैंकको सेक्युरिटी पोलिसीको अध्ययन तथा समीक्षा गर्ने, आवश्यक परेमा थपघट गर्ने, बैंकको केन्द्रीय कार्यालय र शाखाहरुको सेक्युरीटी व्यवस्थापन हेर्ने, बैंकको सुरक्षाका सम्बन्धिमा बैंकका कर्मचारीहरुलाई आवश्यक तालिम दिने, बैंकको सर्भेलियन्स सिस्टमको रिभ्यु तथा मोनिटर गर्ने, बैंकमा आइपर्ने विवादहरु सुल्झाउने, स्थानीय निकाय, प्रहरी तथा अन्य एजेन्सीहरुसँग बैंकको सुरक्षाको विषयमा सल्लाह सुझव लिने लगायतका जिम्मेवारी वहन गर्नुपर्नेछ । 

नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, इन्डियन आर्मी या व्रिटिश आर्मीबाट सुपरइन्टेन्डेन्ट अथवा कर्नेल रही काम गरेर अवकाशप्राप्त ६० वर्ष उमेर नपुगेका, कम्प्युटर बारे जानकारी भएको, अंग्रेजी र नेपाली भाषा जानेको र सीसीटीभी, आलर्म सिस्टम जस्ता सेयुरिटी ग्याजेटहरु ह्यान्डल गर्न सक्ने नेपाली नागरिकलाई २१ सेप्टेम्बर अर्थात असोज ५ गते साँझ ५ बजेभित्रमा वायोडाटा र निवेदन vacancy@nabilbank.com र्फत पठाउन आह्वान गरिएको छ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।