निजी क्षेत्रलाई खोपमा प्राथमिकता राख्न वरिष्ठ उपाध्यक्ष ढकालको सरकारसँग आग्रह

बैंकिङ खबर/नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताउनुभएको छ । दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गर्नुभयो । “संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरोत्थानका लागि व्यवसाय र व्यवसायिक गतिविधिहरुलाई चलायमान […]


कन्सूलरहरुको डिनमा गोल्छा नियुक्त, चौधरीको विदाई

बैंकिङ खबर । नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर कप्र्स–नेपाल (एचसीसी–एन) Honorary Consular Corps-Nepal (HCC-N) मा नयाँ डिन चयन गरिएको छ । नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूत बसन्त कुमार चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् । उनी पोल्याण्डका लागि अवैतिनक महावाणिज्यदूत तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष […]


निजी क्षेत्रका लागि आवश्यक सहयोग गर्न सरकार तयार छः प्रधानमन्त्री

  बैंकिङ खबर/ प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो । ‘हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैँ प्रवद्र्धन गरेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘तपाईंहरूलाई आवश्यक पर्ने […]


आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी हुन्छ: अर्थमन्त्री

बैंकिङ खबर/सरकारले अर्थतन्त्रका बारे स्वेतपत्र जारी गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको विस्तृत अवस्था चित्रण हुने गरी सरकारले स्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको हो । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले केही दिनभित्रै स्वतेपत्र जारी गर्ने बताउनुभयो । स्वेतपत्र जारी गर्ने उद्देश्यले आफूले अर्थ मन्त्रालयअन्तर्गत विभिन्न महाशाखाका प्रमुखहरुसँग छलफल थालिसकेको मन्त्री […]


मूल्यवृद्धि ४.१९ प्रतिशतमा सिमित

बैंकिङ खबर/चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मूल्यवृद्धि ४.१९ प्रतिशतमा सिमित भएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको हो । यस अघि अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको […]


सरकार परिवर्तनपछि बजेटको कार्यदिशा परिवर्तन होला ?

बैंकिङ खबर/मुलुकमा सरकार परिवर्तनसँगै बजेट कार्यान्वयले नयाँ मोड लिने भएको छ । सर्वाेच्च अदालतले सोमबार संसद पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार मंगलबार प्रधानमन्त्रीमा देउवा नियुक्त भइसक्नुभएको छ । प्रधानमन्त्री नै परिवर्तन भइसकेपछि यतिबेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ १५ […]


उद्योगी व्यवसायीलाई कोरोना खोप उपलब्ध गराउन माग

बैंकिङ खबर/नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले अग्रपंक्तिमा रहेर कार्य गरीरहेका उद्योगी व्यवसायीहरु लगायत संलग्न कामदार, कर्मचारीहरुलोई कोरोनाको खोप उपलब्ध गराउन आग्रह गरेको छ । अत्यावश्यक खाद्य तथा दैनिक उपभोग्य वस्तुहरु लगायत औषधी, स्वास्थ्य सामग्रीहरुको आपूर्तीलाई सहज बनाउन उद्योगी व्यवसायीहरु र कामदार, कर्मचारीहरुले डर, त्रास र पिडामा रहेर संक्रमणको जोखिम उठाउँदै अग्रपंक्तिमा काम गरिरहेको भन्दै संघले […]


असार मसान्तभित्र आयकर तिर्न ताकेता, नबुझाए जरिवाना

बैंकिङ खबर/आन्तरिक राजस्व विभागले आयकरको अन्तिम किस्ता भुक्तानी तथा वार्षिक अनुमानित आय–व्ययको विवरण संशोधनको काम असार मसान्तभित्र सक्न सार्वजनिक सूचना जारी गरेको छ । विभागले असार महिनाको असूली लक्ष्यमा २७ प्रतिशत र वार्षिक लक्ष्यमा ८० प्रतिशत बराबरमात्रै आयकर संकलन भएको भन्दै आयकर तिर्न ताकेता गरेको हो । यसरी करदाताले अपेक्षित रुपमा आयकर भुक्तानी नगरेपछि आर्थिक […]


नेपाल–भारत रेल सेवा सम्झौता संशोधन हुने, यी व्यवस्था थपिए

बैंकिङ खबर/नेपाल–भारत रेल सेवासम्बन्धी सम्झौता संशोधन हुने भएको छ । रेलसेवा सम्झौता संशोधनका लागि नेपाल र भारतबीच असार १४ मा लेटर अफ एक्सचेन्ज (एलओई) सम्पन्न भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपालमा तर्फबाट मन्त्रालयमा सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेलवे बोर्डका एडिसनल मेम्बर सुशान्तकुमार मिश्राले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर […]


विश्व बैंकले नेपाललाई १० करोड डलर ऋण उपलब्ध गराउने

बैंकिङ खबर/विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले उक्त ऋण सहायता उपलब्ध प्रस्ताव अनुमोदन गरेको हो। जसअनुसार विश्व बैंकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि ५ करोड डलर र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउनका लागि ५ करोड […]