बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा
बैंकिङ खबर । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ । निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो । यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा […]
अर्थ सचिवमा मधु कुमार मरासिनी नियुक्त
बैंकिङ खबर/सरकारले अर्थ सचिवमा मधु कुमार मरासिनीलाई नियुक्त गरेको छ । उहाँ महालेखा नियन्त्रक कार्यालयमा हुनुहुन्थ्यो । अर्थ सचिव शिशिर कुमार ढुंगाना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको हो । राजस्व सचिव रामशरण पुडासैनीको पाँच दिनपछि अवकास सकिँदैछ […]
कोभिडको चपेटामा अर्थतन्त्र : घरजग्गा धितो राखेर ऋण लिने बढे
बैंकिङ खबर/ कोरोना महामारीका कारण सुस्ताएको घरजग्गा कारोबार पुनः लयमा पर्कन थालेको छ । काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा खुकुलो र चहलपहल बढ्न थालेपछि घरजग्गा कारोबारले नयाँ रेकर्ड बनाउन थालेको छ । यस्तै पछिल्लो समय घरजग्गा धितो राख्ने ऋणी पनि २५ प्रतिशतले बढेको छ । कोरोनाका कारण आर्थिक मन्दी भएकाले घरजग्गा कारोबार उच्च भएको छ । […]
साना उद्योगको विकासको लागि सहुलियत कर्जाको व्यवस्था गर्छौ : अर्थमन्त्री
बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्माले सरकारले निजी क्षेत्रसँग हातेमालो गर्न नीति तय गर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको भेटका अवसरमा उहाँले भन्नुभयो, ‘देशभर साना तथा मझौला उद्योगहरुको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगहरुको विकास गर्न सकिन्छ, त्यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्नेछ ।’ […]
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त
बैंकिङ खबर/सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ। मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा अघिल्लो पटक सरकार गठन हुँदा उहाँ योजना आयोगकै सदस्य हुनुहुन्थ्यो । युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा पीएचडी अध्ययन गर्नुभएका पौडेल स्वर्णीम वाग्ले […]
अर्थतन्त्रको यथार्थपत्र सार्वजनिक गर्छु भन्दा आतंक सृजना भयोः अर्थमन्त्री
बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्न खोज्दा अनावश्यक आतंक सिर्जना भएको बताउनुभएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसहित अर्थविद्हरुसँगको छलफलमा मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको विषय नउठाएको बताउनुभयो । छलफलमा उहाँले भन्नुभयो,‘श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छु । […]
नर्भिकले हरेक शनिबार निःशुल्क ओपिडी सेवा दिने
बैकिङ खबर । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको बताइएको छ । यस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुने छ । प्रत्येक साताको शनिबार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् रनिःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख […]
सरकारले विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने
बैंकिङ खबर/सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न आयोजना सञ्चालन गर्न ऋण स्वरुप उक्त सहायता स्वीकार गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । सरकारले […]
टोकला मसला चिया अब नयाँ प्याकमा
बैंकिङ खबर । मुलुककै सर्वाधिक लोकप्रिय एवं गुणस्तरीय चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको जानकारी गराईएको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको […]
पुरानै लयमा फर्कियो सुन आयात, गत आव ९२ प्रतिशतले वृद्धि
बैंकिङ खबर/सुन आयात पुरानै लयमा फर्किएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा तीन हजार एक सय ६८ किलो सुन आयात भएको छ । जुन ९२ प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७६/७७ मा १६ सय ५० किलो मात्रै सुन आयत भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा गत वर्षको आयात […]