July 24th, 2024

अर्थ मन्त्रालयको नजरमा अर्थतन्त्रका ४६ मुख्य चुनौती (सूचीसहित)

बैंकिङ खबर/ अर्थ मन्त्रालयले विद्यमान अर्थतन्त्रमा विशेष गरी ४६ वटा चुनौती रहेको तथ्य औंल्याएको छ । ती चुनौतीलाई सामना गर्न २९ वटा क्षेत्रमा कदम चाल्न जरुरी रहेको कुरामा पनि उसले जोड दिएको छ ।

मुलुकको अर्थतन्त्रमा देखा परेका चुनौती र तिनलाई सामना गर्ने उपायबारे आयोजित छलफलमा अर्थमन्त्रालयका सचिव र सहसचिवले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई यस्तो बताएका हुन् । उक्त कुरा सुनेपछि मन्त्री पौडेलले चुनौतीहरुको प्राथमिकीकरण गरी समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।