सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग

बैंकिङ खबर/कोभिड–१९ को नियन्त्रणको क्रममा विगत २०७८ बैशाख १६ गते देखि लक–डाउन घोषणा गरिए पश्चात व्यापार, व्यवसाय लगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द हुँदै आएको छ । २०७८ असार ८ गते देखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गिकरण गरी दैनिक तालिका अन्तर्गत तोकिएको बार र समयमा व्यापार, […]


आगामी आवदेखि कति कमाउनेले कति कर तिर्ने ? (सूचीसहित)

बैंकिङ खबर/व्यवसाय गरेर वा रोजगारी गरेर आयआर्जन गर्छन् भने त्यसको केही भाग करको रूपमा सरकारलाई बुझाउनुपर्ने हुन्छ। कमाइमा तिरिने भनेको कर सरकारले तोकेको दर अनुसारले तिर्नुपर्छ। यो दर हरेक आर्थिक वर्षमा पुनरावलोकन गरिन्छ र नयाँ दर तोक्नुपर्ने भए त्यसै अनुसार तोकिन्छ। आर्थिक वर्ष २०७८।७९ का लागि सरकारले निर्धारण गरेको आयकर यस्तो छ । हेर्नुहोस् सूची


डिजिटल प्लेटफर्म साना उद्यमीहरुलाई बढी लाभदायिक

बैंकिङ खबर/नेपाल महिला चेम्बरको आयोजनामा ‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न भएको छ । वेमिनारमार्फत शनिबार आयोजित उक्त कार्यशाला जि वि जिको सहयोगमा आयोजनामा गरिएको हो । कार्यक्रम माझ डिजिटल मार्केटर उल्लेख निरौलाले डिजिटल प्लेटफर्म साना उद्यमीहरुलाई अझ लाभदायिक हुने राय पेश गर्दै वेभ साइटबाट मात्र नभई फेसवुक, टिकटक, टुइटर, युट्युव लगायतका सामाजिक […]


यी हुन् अर्ब बढी आम्दानी गर्ने ८ जलविद्युत् कम्पनी

बैंकिङ खबर/गत वर्ष विद्युत उत्पादन गरेर ८ कम्पनीले अर्ब बढी आम्दानी गरेका छन् । विद्युत विकास विभागले सार्वजनिक गरेको ९४ कम्पनीको आम्दानीमा नेपाल विद्युत् प्राधिरण प्रवर्द्धित ४ र निजी क्षेत्रका ४ कम्पनीले अर्ब बढी आम्दानी गरेका हुन्। विभागले पछिल्ला ३ वटा आर्थिक वर्षको विद्युत् उत्पादन र त्यसबापतको आम्दानी सार्वजनिक गरेको हो । जसमा ७५ निजी […]


कर बुझाउने अवधि असार २५ सम्म थपियो

बैंकिङ खबर/सरकारले असार २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो । त्यस्तै चैत र वैशाख महिनाको अग्रिम करकट्टी भएको रकम र सोको विवरण बुझाउने म्याद पनि असार २५ सम्म थप गरिएको छ। विभागका अनुसार चैत र वैशाखको अन्तःशुल्क […]


सात प्रदेशको कूल बजेट २ खर्ब ६२ अर्ब (पूर्णपाठसहित)

बैंकिङ खबर/सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि मंगलबार बजेट पेश गरेका छन् । संविधान असार १ गते बजेट पेश गर्ने व्यवस्था अनुसार सात वटै प्रदेश सरकारले आ–आफ्नो प्रदेशसभामा बजेट पेश गरेका हुन् । सात वटा प्रदेशको कुल बजेट २ खर्ब ६२ अर्ब २१ करोड रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षमा सात प्रदेशले […]


निषेधाज्ञा नखुलेसम्म कर असुली र जरिवाना नगर्न सर्वोच्चको आदेश

बैंकिङ खबर/सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेसँग जरिवाना असुल नगर्न सरकारका नाममा आदेश जारी गरेको छ।  बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन सर्वोच्चले यसअघि दिएको आदेशलाई केही परिवर्तन गरेर यस्तो आदेश जारी गरेको हो। न्यायाधीशद्वय आनन्दमोहन […]


नेपालको वस्तु निर्यात १ खर्ब नाघ्यो

बैंकिङ खबर/नेपालको वस्तु निर्यात १ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको तथ्यांक अनुसार, चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब एक तिहाइले बढी हो। गत आर्थिक वर्ष २०७६/७७ मा नेपालले ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात […]


पूर्वाधार विकास बैंकले विद्युतको व्यापार गर्ने, अनुमति दिने तयारीमा प्राधिकरण

बैंकिङ खबर/ पूर्वाधार विकास बैंकले पनि विद्युतको व्यापार गर्ने भएको छ । सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको हो । यसअघि सरकारले नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीलाई अनुमति दिन अस्वीकार गर्दे आएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल निफ्रालाई विद्युत् […]


मौद्रिक नीतिमार्फत व्यवसायीलाई कर्जामा सुविधा दिन माग

बैंकिङ खबर/पर्यटन तथा व्यावसाय क्षेत्रले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले मौद्रिक नीतिमा व्यवसायीलाई विनो धितो ऋणको व्यवस्था गर्नुपर्ने माग राखे । कार्यक्रममा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको […]