June 26th, 2024

सुनचाँदीमा भन्सार दर २० प्रतिशत बनाएको भन्दै न्युरोडका व्यवसायी आन्दोलित

बैंकिङ खबर/ सरकारले सुनचाँदीमा कर बढाएपछि काठमाडौंको न्यूरोड क्षेत्रका व्यवसायी आन्दोलित भएका छन् । नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्च केन्द्रीय कार्यालयले बुधबार न्यूरोड क्षेत्रमा उपभोक्तालाई मार परेको भन्दै प्रदर्शन गरेको हो ।

व्यवसायीहरूले भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत बनाएको, सुनचाँदीसम्बन्धी ऐन, नियम, निर्देशिका प्रकाशन नगरेको, सुनलाई विलासी वस्तुमा राखेर २ प्रतिशत विलासिता कर थपेको विरोधमा आन्दोलन गरेका हुन्। उनीहरूले सुनमा लगाएको विलासिता कर खारेज गर्न माग गरेका छन् ।

पसल बन्द गरि विरोध र्‍यालीमा सहभागीहरूले अवैध बाटोबाट सुन आयात गर्ने क्रमलाई सरकारले रोक्न नसकेको भन्दै आलोचना गरेका छन् ।