बजेटमा कर सम्बन्धिको व्यबस्था यस्तो छ

बैंकिङ खबर/ सरकारले वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यस्तै बजेटमा २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयक करमा ७५ प्रतिशत छुट तथा ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिइएको छ । मूल्य अभिबृद्धि कर यथावत राखिएको छ । सरकारले विद्युतीय […]


आगामी वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

बैंकिङ खबर/सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ६ अर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब अर्ब ४७ अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड […]


व्यवसाय पुनरुत्थानलाई १४ अर्बको बजेट

बैंकिङ खबर/ सरकारले व्यवसाय पुनरुत्थानको लागि १४ अर्बको बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७८/ ८९ को बजेट मार्फत कोभिड–१९ प्रभावित उद्योग व्यवसायीहरुलाई व्यवसायिक पुनरुत्थान लागि को लागि १४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै  ब्याजमा सहुलियता, पुर्नकर्जाका साथै व्यवसायिक उत्थानका लागि उक्त रकम छुट्याइएको बताउनुभयाे ।  […]


उद्योगलाई ५० प्रतिशत घरभाडा छुट

बैंकिङ खबर/सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत साे जानकारी दिनुभएकाे हाे । सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने भएका हुन् ।  


विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत व्याजमा कर्जा, सिमकार्ड भने निशुल्क !

बैंकिङ खबर । सरकारले १२ कक्षा सम्मका विद्यार्थीलाई अध्ययनका लागि एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ कर्जा उपलब्ध गराउने भएको छ । बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले बैकल्पिक अध्ययनका लागि यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्ने गरी उपलव्ध गराइने बताए । सरकारले १६ बर्ष भन्दा […]


बृद्ध भत्ता ४ हजार पुग्यो

बैंकिङ खबर । सरकारले बजेट भाषणमा बृद्ध भत्ता बढाएर ४ हजार बनाएको छ । सरकारले बजेटमार्फत महिला उद्यमशीलतालाई जोड दिएको छ । त्यसैगरी कम व्याजदरमा कर्जा वितरणलाई पनि जोड दिएको छ ।  बजेटमा सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट दिने र सम्बन्धित उद्योगलाई विजुली प्रयोगमा ५० प्रतिशत […]


मन्त्रिपरिषदबाट बजेट स्वीकृत

बैंकिङ खबङ/ मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट स्वीकृत गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत बजेट ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको हाे।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेटको आकार १६ खर्ब हाराहारी हुने अनुमान छ।  यस […]


यस्तो आउँदैछ बजेट, मुख्य विशेषतासहित !

    बैंंकिङ खबर/सरकारले शनिबार(आज) अध्यादेश मार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेश मार्फत पूर्ण आकारको बजेट ल्याउन लागेको हो । कोभिड–१९ को रोकथाम तथा स्वास्थ्य पूर्वाधार, खोप खरिद, आउँदो कात्तिक २६ र मंसिर ३ का लागि तोकिएको चुनाव खर्च, यस्तै आउँदो वैशाखमा हुने स्थानीय तहको चुनाव, वृद्ध भत्ता […]


प्रधानमन्त्रीबाटै ‘नीति कार्यक्रम’ सार्वजनिक(पूर्णपाठसहित)

बैंकिङ खबर/प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममार्फत ‘नीति कार्यक्रम’ सार्वजनिक गरेका छन्। प्रतिनिधिसभा विघटन भएको अवस्थामा देशबासीमा नाउँमा सम्बोधन गर्दै ओलीले ‘नीति कार्यक्रम’ सार्वजनिक गरेका हुन् । शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी भएको अवस्थामा ओलीले संसदमा पेश गर्नुपर्ने नीति कार्यक्रम सञ्चार माध्यमबाट सार्वजनिक गरेका हुन्। जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्नुपर्ने भए […]


पहिलो पटक निर्यात ब्यापार १ खर्ब रुपैयाँ भन्दा बढीः प्रधानमन्त्री(पूर्णपाठसहित)

बैंकिङ खबर/प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक निर्यात ब्यापार १ खर्ब रुपैयाँ भन्दा बढी भएको बताउनु भएको छ । शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले यो वर्ष ३३३ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडिएको जानकारी गराउनु भयो । उहाँले तीन वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय २५ प्रतिशलले बढेको बताउनुभयो । यस्तो […]