June 13th, 2024

नाडा ‘अटो सो’ भदौमा, स्टल बुकिङ खुल्ला

बैंकिङ खबर/ भदौमा हुने नाडा अटो सो २०२४ को सहभागी हुने कम्पनीलाई दर्ता खुल्ला भएको छ। नाडाले जेठ ३१ गतेदेखि असार ५ गतेसम्म स्टल बुकिङ खुल्ला गरेको हो।

नाडा अटोमोबाइल्स एसोसिएसनले भदौ ११ देखि १६ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। नाडाले आवेदन परेकामध्ये कसको स्टल कहाँ राख्ने भन्ने विषयमा ‘लोटरी ड्र’मार्फत गराउँछ।

नाडा अटोमोबाइल्सले हरेक वर्ष चाड पर्वअघि नाडा अटो शो गर्दै आएको छ। अटो शोमा चारपांग्रे र २ पांग्रे नयाँ मोडल भित्रिने गरेका छन्।

नेपालमा बिक्री हुने गाडीको ४० प्रतिशत गाडी नाडा अटो शो बुकिङ हुने गरेको अटो व्यवसायीले बताउँदै आएका छन्।