बैंकिङ खबर/चालु आवको दश महिनामा नेपाल सरकारको कुल खर्च १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो दश महिनामा १५.३ प्रतिशतले वृद्घि भएको थियो ।
तर यो वर्ष ०.९ प्रतिशतले मात्र सरकारी खर्चमा वृद्धि भएको देखिन्छ । नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) ८ खर्ब ३१ अर्ब ९३ करोड भएको छ ।
गत आर्थिक वर्षको पहिलो दश महिनामा १२.६ प्रतिशतले घटेको राजस्व यो अवधिमा १०.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ७ खर्ब ४६ अर्ब ८३ करोड र गैर कर राजस्व ८५ अर्ब १० करोड परिचालन भएको छ ।




