June 11th, 2024

असार ७ गते बजेट पारित गरिने

बैंकिङ खबर/ सरकारले असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ।संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ।

गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थियो ।जसअनुसार संसदमा मंगलबारदेखि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू भएको छ।