July 15th, 2024

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त

बैंकिङ खबर/उपप्रधान तथा अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई चौथो कार्यकालका लागि अर्थ मन्त्रालय सम्हाल्ने जिम्मेवारी दिएका हुन्।

उनले आजै शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा उपप्रधान एवं अर्थमन्त्रीको शपथग्रहण गरेका छन्।