घरजग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्‍याउन माग

बैंकिङ खबर/ घरजग्गा व्यवसायीहरुले घर जग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्‍याउन माग गरेका छन् । बिहीबार नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडीएफ) का पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भएको भेटमा महासंघले यस्तो माग गरेको हो । आगामी मौद्रिक नीतिको सुझाव पेश गर्दै महासंघले घरजग्गा व्यवसायीहरुले वर्तमान अवस्थामा रियल इस्टेट सेक्टरले […]


विश्व बैंकलाई सहुलियत कर्जाका लागि अर्थमन्त्रीको आग्रह

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले शिष्टाचार भेट गरेका छन्। भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरु, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गरे। आयोजनालाई पुनःप्राथमिकीकरण गर्ने, सहयोगलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउने, राहत दरमा कर्जा प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको थियो। विश्व बैंकले […]


बजेटले निजी क्षेत्र उत्साहित देखिएन : विनोद चौधरी

बैंकिङ खबर/नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले बजेटले निजी क्षेत्रमा उत्साह भर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले करको दायरा बढाउनेतर्फ बजेट केन्द्रित भएको, पहिलेदेखि नै संघर्ष गरिरहेका उद्योग, ब्यापार, पर्यटन क्षेत्रमा घुमाउरो शीर्षक अन्तर्गत थपिएका करहरुले अर्थतन्त्रको विस्तारमा सहयोग नपुग्ने टिप्पणी गरे । ‘निजी क्षेत्रको मनोबल उच्च बनाएर मात्रै अर्थतन्त्रको विस्तार […]


शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ: अर्थमन्त्री

बैंकिङ खबर/ अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा.महतले भने, ‘शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ । त्यसैले पिन बोर्डको जिम्मेवारी र दायित्व बढेको छ ।’ उनले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको […]


बजारलाई लगानीमैत्री बनाइएको छः रमेश कुमार हमाल

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्रको सार्वजनिक निष्काशनको आस्वा प्रणालीमा लाग्ने सेवा शुल्कलाई समायोजन गरी बजारलाई लगानीकर्तामैत्री बनाइएको बताएका छन् । बोर्ड स्थापनाको ३१ ऋौं वर्षका अवसरमा बोर्ड अध्यक्ष हमालले प्रतिबद्धता जारी गर्दै सो जानकारी गराएका हुन् । हमालले समीक्षा वर्षमा बोर्डबाट वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा दश प्रतिशत शेयर […]


नेष्डो समृद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

बैंकिङ खबर/ सर्वोच्च अदालतले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले दायर गरेको लाभांशसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले आज यो रिटमा ‘अन्तरिम आदेश नहुने’ आदेश दिएको हो। योसँगै नेष्डो समृद्ध लघुवित्तले मुद्दा हारेको छ। गत जेठ ५ गते नेष्डो समृद्ध लघुवित्तले आफूहरुले प्रस्ताव गरेको लाभांश नै […]


तीन अर्ब बराबरको ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक

बैंकिङ खबर/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्न लागेको हो । बैंकले एक हजार रुपैयाँ अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण पत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकका लागी […]


आधिकारिक व्यक्तिमात्रै बसेर करका दरसम्बन्धी निर्णय गरिएको हो : अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा बजेट तर्जुमा दिग्दर्शनमा उल्लेखित पदाधिकारी मात्रै बसेर करका दर निर्धारण गरिएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सदस्यहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताबारे उठाएको जिज्ञासामा उहाँले आधिकारिक व्यक्ति मात्रै बसेर करका दरलाई वैज्ञानिक बनाइएको बताए । उनले गोप्य कोठामा आधिकारिक व्यक्तिमात्र बसेर […]


बजेटले मन्दीलाई सम्बोधन गर्न सकेन: उद्योग वाणिज्य महासंघ

बैंकिङ खबर/आगामी आर्थिक वर्षको बजेटले उत्साह बढाउने अपेक्षा गरिएको भएपनि तत्काल मन्दीको असर कम गर्ने उपाय अवलम्बन गर्न नसकेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ। मुलुकको अर्थतन्त्र मन्दीमा गएको अवस्थामा सरकारले ल्याएको बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने अपेक्षा थियो। महासंघले एक विज्ञप्ति प्रकाशित गरी निजीक्षेत्रलाई आर्थिक विकासको संवाहकको रूपमा आत्मसात […]


थप ११ ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स(सूचीसहित)

बैंकिङ खबर/ धितोपत्र बोर्डले दोस्रो चरणमा थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ। बोर्डले मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका ११ कम्पनीलाई लाइसेन्स दिएको हो। नयाँ लाइसेन्स पाउनेमा, एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि.,इन्डेक्स सेक्यूरिटिज लि.,शुभकामना सेक्यूरिटिज प्रा.लि.,मेघा स्टक मार्केट्स लि.,हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि.,मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि.,माछापुच्छ्रे, सेक्युरिटिज लि.,के .वि. एल. सेक्यूरिटिज […]